रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा
काठमाडौं, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।
लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल)सर्वोच्च पुगेका थिए ।
यसअघि मंगलबारका लागि सुनुवाइको पेसी तोकिएको भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय