Kath khabar
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा

 

               काठमाडौं, चैत २२ । सहिद स्मारक ए डिभिजन क्लब चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन् । ए डिभिजन लिग चलिरहेकै बेलामा प्रशिक्षक हुमागाईंले राजीनामा बुझाएका हुन् ।

हुमागाईले बुधबार बिहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् । उनी नेपाली मूलका अमेरिकी नागरिक हुन् ।

हुमागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘खेलकुद शारिरीक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो। नेपाली फुटबल खेलप्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिएँ, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनुपर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च ब्बाइज क्लब छोडेको जानकारी गराउन चाहान्छु,’

लिगको नवप्रवेशी टोली चर्च ब्वाइजले एक सिजनका लागि उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update