Kath khabar
राष्ट्रपति पौडेल उपचारपश्चात शितल निवास फर्किए

 

                  काठमाडौं, चैत २२ । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर निवास फर्किनुभएको छ ।

गत शनिबार पेट दुख्नेजस्ता समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलको सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्यलाभ पछि राष्ट्रपति पौडेल बुधबार निवास फर्किनुभएको हो ।

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update