Kath khabar
२ दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको दाबी

 

                काठमाडौं, चैत २२ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

सरकार गठन भएको १०० दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्ड सहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो ।

सातौँ पटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार २ दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।

माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको २ दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update