Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ स्थगित

 

                काठमाडौं, चैत २२ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ स्थगित भएको छ ।

अन्य मुद्दाहरूका कारण लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ ।

सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो । छैटौं नम्बरमा पालो रहेकोमा समय अभावले सुनुवाइ स्थगित गरिएको हो ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update