राजनीति
रवि लामिछाने विरुद्ध मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउन सक्ने
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो
काठमाडौं, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय विरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।
यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेशी तोकिएको हो ।
सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय