Kath khabar
रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश


                      काठमाडौं, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयलाई लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण सर्वोच्च अदालतले माग गरेका छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि यस्तो आदेश जारी भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहादानी सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध सोमबार युवराज पौडेल सफल सर्वोच्च पुगेका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update