Kath khabar
आज हनुमान जयन्ती,  जान्नुहोस् किन जप गर्ने हनुमान चालिसा ?

                        काठमाडौं, चैत २३ । आज हनुमान जयन्ती अर्थात हनुमान जीको जन्मदिन । हनुमान जयन्ती हरेक वर्ष चैत्र पूर्णिमा तिथीमा मनाइन्छ ।

हिन्दू क्यालेन्डर अनुसार यस वर्ष चैत्र २३ गते ६ अप्रिल बिहीबार हनुमान जयन्ती पर्व परेको छ ।  पौराणिक कथा अनुसार चैत्र पूर्णिमा तिथीको मंगलबार बिहान हनुमान जीको जन्म भएको थियो । हनुमान जी सजिलै प्रसन्‍न हुने देवता हुन्, जसको पूजा गर्नाले मनोकामना पूरा हुन्छ, कर्म सफल हुन्छ ।

बजरंगबली हनुमानको आशीर्वाद प्राप्त गर्ने उत्तम तरिका हनुमान चालिसाको पाठ गर्नु हो । कुनै पनि व्यक्तिले दैनिक हनुमान चालिसा पाठ गर्न सक्छन् । हनुमान चालिसामा लेखिएको छ कि जो व्यक्तिले हरेक दिन हनुमान जीको साथमा हनुमान चालीसाको पाठ गर्दछ, उसमाथि भगवान राम र शिव पार्वतीको आशीर्वाद रहन्छ । हनुमान चालिसाको एक पंक्तिमा पनि भनिएको छ 'ज पर कृपा राम की हो, त पर कृप कर हैं सब कोई।'

मान्यता अनुसार हनुमान जयन्तीमा हनुमान चालिसाको पाठ गर्नाले सुख शान्ति प्राप्त हुन्छ । हनुमान चालिसाको पाठ गर्नाले व्यक्तिको आर्थिक चिन्ता हट्छ र मनोबल बढ्छ । यसका साथै हनुमान जीको आशीर्वाद हुने धार्मिक विश्वास छ ।

हनुमान चालिसाको कुन पंक्तिले कस्तो फल दिन्छ ?

नासै रोग हरै सब पीरा।
जपत निरन्तर हनुमत बीरा।।

मान्यता अनुसार, जो मानिसहरू लगातार बिरामी छन्। रोगले घेरिएकाले हनुमान चालिसाको यो पंक्ति अवश्य पढ्नुपर्छ । यो पंक्तिको पाठ गर्नाले रोग निको हुन्छ । नियमित पाठ गर्ने व्यक्तिलाई शक्ति मिल्छ भन्ने मान्यता छ ।

ॐ महाबलाय वीराय चिरंजिवीन उद्दते ।
हारिणे वज्र देहाय चोलंग्घितमहाव्यये ।।

यदि तपाईलाई कुनै विशेष कुराको इच्छा छ भने हनुमान जयन्तीको दिन कम्तीमा १०८ पटक हनुमान जीको यो मन्त्रको जप गर्नुहोस्।

ॐ नमो हनुमते रूद्रावताराय सर्वशत्रुसंहारणाय सर्वरोग हराय सर्ववशीकरणाय रामदूताय स्वाहा ।।
मान्यता अनुसार यो मन्त्रको जप गर्नाले शत्रु र रोगमाथि विजय प्राप्त हुन्छ । यस मन्त्रको जप १०८ पटक गर्नुपर्छ ।

‘विद्यावान गुनी अति चातुर।
राम काज करिबे को आतुर।।

विद्यार्थी वर्गले नियमित रूपमा हनुमान चालिसाको पाठ गर्नुपर्छ । हनुमान चालिसाका यी पङ्क्तिको पाठ गर्नाले स्मरणशक्ति बढ्छ र विद्यार्थी वर्गलाई शिक्षा क्षेत्रमा सफलता मिल्ने जनविश्वास छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update