काठमाडौं, चैत २३ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरमा रहेको नेपाली बाजा संग्रहालय खाली गर्न निर्देशन दिएकोे छ । महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले बुधबार संग्रहालयमा गएर ठाउँ खाली गर्न निर्देशन दिएका थिए । तर नयाँ ठाउँको विकल्प नदिई ठाउँ खाली गर्न निर्देशन दिइँदा आफूहरु समस्यामा परेको संग्रहालयले जनाएको छ ।
विभिन्न जातजातिको बाजाको संकलन गरेर राखिएको यो संग्रहालय महानगरको अल्टिमेटमले झनै संकटमा परेको बाजा संग्रहालयका अधिकारीहरुले बताएका छन् । बाजा बिशेषज्ञ रामप्रसाद कँडेलको अगुवाईमा काठमाडौंको भद्रकाली मन्दिर हातामा ०५८ फागुनमा संग्रहालय खोलिएको थियो पछि त्यसलाई ०६४ मा त्रिपुरेश्वर सारियो ।
संग्रहालयले सन् २०११ देखि नोभेम्बर अन्तिम साता अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव गर्दै आएको छ । त्यतिबेला फिल्म देखाइनुका साथै संसारभरका विज्ञहरूसँग अन्तरक्रिया गराइन्छ । महोत्सवले सांगीतिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको छ भने संग्रहालयले हालसम्म ३ पटक सारंगी सप्ताह समेत मनाइसकेको छ ।