Kath khabar
आज देशका पहाडी भू-भागमाा मेघगर्जन सहित पानी पर्ने संभावना

 

                    काठमाडौं, चैत २३ ।  हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update