सान्ता क्याटरिना, चैत २३ । ब्राजिलको एक किन्डरगार्टन प्रिस्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु भएको छ ।
बुधवार सान्ता क्याटरिनाको ब्लुमेनाउको नर्सरी स्कूलमा आक्रमण भएको थियो। प्रहरीका अनुसार बञ्चरो लिएर एक व्यक्ति निजी नर्सरी विद्यालयमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गरेका थिए । २५ वर्षीय आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणमा अन्य ४ बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका ३ वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् । उद्धारकर्मीहरूले आक्रमणको समयमा यस विद्यालयमा ४० जना बालबालिका रहेको बताएका छन् ।
आक्रमणकारी पर्खालबाट हाम फालेर भित्र पसे र बालबालिकामाथि आक्रमण गर्न थालेको प्रत्यक्षदर्शीले बताए । सान्टा क्याटरिना राज्यका गभर्नरले ३ दिनको शोकको घोषणा गरेका छन्। राष्ट्रपति लुला डे सिल्भाले ट्वीट गर्दै घटनाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् ।