Kath khabar
प्रचण्ड सरकारको १०० दिन उपलव्धी विहिन : रघुजी पन्त

 

                काठमाडौं, चैत २३ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको १०० दिन उपलव्धी विहिन भएको जनाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले १०० दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्ने बाहेक कुनै उपलव्धी नभएको बताएका हुन् । वर्तमान सरकार नीतिहिन, सिद्धान्तहिन बिचारहिन र कार्यक्रमहिन भएको उनले बताए।

उनले जनताले व्यवहारमा सरकार छ भन्ने अनुभव नै गर्न नसकेको धारणा राखे । वर्तमान सरकारले कुनै निकास दिन नसक्ने भन्दै कति पटक प्रधानमन्त्री बन्नुभयो भन्ने कुरा प्राथमिक हुन नसक्ने उनको भनाइ छ । उनले एनसेललाई सरकारी स्वामित्वमा आउन नदिनका लागि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार भइरहेको आरोप लगाए । उनले सरकारसंग सम्बन्धी प्रश्नैप्रश्न रहेपनि प्रधानमन्त्रीले कुनै जवाफ दिन नसकेको तर्क गरे

उनले अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको र यहि नै सरकारको १०० दिनको उपलव्धी भएको जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update