संसद भवन अगाडि फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास
काठमाडौं, चैत २४ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको एक नम्बर गेट अगाडि फेरि एक जना पुरुषले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए तर प्रहरीले तत्काल उनलाई बचाउन सफल भएको छ ।
परिचय नखुलेका ति युवकले पारिवारीक कारणले आत्मदाहको प्रयास गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानमा बताईएको छ । प्रहरीले ति पुरुषलाई सम्झाएर आफन्तको जिम्मा लगाउने जानकारी दिएको छ ।
स्मरण रहोस् केही महिनाअघि संसद भवनअगाडि नै प्रेम प्रसाद आचार्यको आत्मदाहपछि उपचारका क्रममा निधन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय