काठमाडौं, चैत २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरीलाई महानगरका विभिन्न स्थानमा बाटो मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् ।
शनिबार फेसबुकमा स्टाटस मार्फत उनले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हो, प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँनु गलत हो भनेका छन् । फुटपाथ मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर फुटपाथमा व्यापार गर्न रोकेको शाहले बताएका छन् ।
प्रहरी आफैले संरचना हटाउन मेयर शाहले अनुरोध गरेका छन् । नत्र महानगर आफैले हटाउन बाध्य हुने उनले प्रष्ट्याएका छन् ।
आज शनिबार बिहानै मेयर शाहको फेसबुकमा अर्को स्टाटस पनि थियो जहा उनले लेखेका थिए आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।