काठमाडौं, चैत २६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आईतबार तीन खेल हुँदैछन्।
लिगको सातौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
तेस्रो जितको योजनामा रहेको संकटा ६ खेलमा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ भने ६ अङ्क जोडेर ११ औं स्थानमा रहेको मछिन्द्र दोस्रो जितको खोजीमा हुनेछ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुनेछ । खेल साझ ५ः४५ बजे शुरु हुनेछ । पाँचौं जितको योजनामा रहेको सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ८ अङ्क जोडेर आठौं स्थानमा रहेको आर्मी तेस्रो जितको योजनामा छ ।
यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । खेल दिउँसो २ बजे सुरु हुनेछ ।