Kath khabar
इरानको सार्वजनिक स्थानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान

 

                 तेहरान, चैत २६ ।  इरानमा महिलाले हिजाब लगाएको कुरामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।

यो घोषणा गर्दै, प्रहरीले कपाल नछोप्ने महिलाको पहिचान गरेपछि उनीहरूलाई “सन्देशहरू मार्फत” चेतावनी दिइने बताएको छ। यसले “हिजाब कानून विरुद्धको विरोध” लाई रोक्न मद्दत गर्ने प्रहरीले जनाएको छ।

गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाब विरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको थियो ।

त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै विदेशमा पनि देखिएको थियो ।

सन् १९७९ मा इरानी क्रान्ति पछि देशमा धार्मिक कानूनलाई कडाइका साथ लागू गरियो र यस अन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गरिएको थियो। हिजाब नलगाउँदा महिलाले जरिवाना वा सजाय भोग्न सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update