रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक
काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाइबीच दुई करोड मागेको अडियो सार्वजनिक भएको छ ।
श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने अडियोमा बताएका छन् । अडियोमा उनले पार्टी सभापति रवि लामिछानेका मान्छेहरुलाई दिन पैसा चाहिएको बताएका छन् ।
उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको र यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्ने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय