Kath khabar
दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

 

                  काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले एक साताका लागि निलम्बन गरेको हो।

उनलाई एक साताका लागि निलम्बन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । श्रेष्ठले भने आफूले प्रसाईंलाई चिन्दै नचिनेको दाबी गरेका छन् ।

श्रेष्ठले अडियोमा पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर सो रकम आफूसँग नभएको भनेको सुन्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update