काठमाडौं, चैत २६ । नेप्सेमा २८ अंकले गिरावट आएको छ । नेप्से आज २८ दशमलव ३१ अंकले घटेर १८ सय ३८ दशमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव २४ अंकले घटेर तीन सय ४८ दशमलव ७९ अंकमा सीमित भएको छ ।
आज दुई सय ६८ वटा कम्पनीहरुको २९ हजार दुई सय ३९ पटकको कारोबारमा ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १५ करोड ९४ लाख ४८ जार चार सय ११ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से रातै देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कालिञ्चोक दर्शन प्रालि आरएमडिसी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड २, नेपाल एसबिआई बैंक आदिले कमाएका छन् भने माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ पिपुल्स पावर लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रो पावर लिमिटेड आदिले गुमाएका छन् ।
रकम कारोबारका आधारमा भने नबिल बैंक, आज घलेम्दी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।