Kath khabar
मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन

 

                    काठमाडौं, चैत २६ । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छोडेको छ ।

काठमाडौंका मेयर बालेन शाहले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए ।   

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको बताइन्छ ।


 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update