मेयर बालेन्द्र शाहको निर्देशनपछि आज पनि उठेन सिंहदरबारभित्रको फोहोर
काठमाडौं, चैत २७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि हिजोबाट रोकिएको फोहोर संकलन गर्ने काम आज पनि रोकिएको छ ।
मेयरको निर्देशनपछि हिजो आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठेको छैन । ९ महिनामा पटक पटक पहल गर्दा पनि केन्द्रले स्थानीय सरकारसँग समन्वय गर्न नखोजेका कारण फोहोर नउठाउने निर्णय गरिएको मेयर शाहले बताएका छन् ।
राष्ट्रपति कार्यालयले भने फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फोहोर उठाइदिन अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय