Kath khabar
आज म आफै अख्तियारमा निवेदन दिनेछु, निष्पक्ष छानबिन हुन्छ : रवि लामिछाने


                 काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँ मागेको प्रकरणमा सभापति रवि लामिछाने आफैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन् ।

चुनावी अभियान कार्यक्रममा बोल्दै लामिछानेले दुई करोड रूपैयाँ मागेको काण्डमा आफ्नै वरपरका मान्छेहरूलाई पनि आरोप लागेकाले तिनीहरु विरुद्ध आफै अख्तियारमा गएर उजुरी दिने बताएका हुन् ।

‘कोर टिमका मान्छे को रहेछन् पत्ता लगाउन छानबिनका लागि बताएको छु, म आज आफै अख्तियारमा निवेदन दिदैछु । डिल गर्ने दुबैका विरुद्ध उजुरी जान्छ । कसले किन डिल गर्यो, कुन उद्धेश्यले गर्यो ? निष्पक्ष छानबिन हुन्छ', लामिछानेले प्रष्ट पारे ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update