Kath khabar
काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न सरकारलाई गगनको आग्रह


             काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए।

“सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज माग पूरा गरियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसदमा ल्याइयोस् ।”, उनले भने।

 

 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update