आफ्नै पार्टीका सांसद्को घुस प्रकरणबारे रास्वपाले संसदमा माग्यो माफी
काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको प्रकरणमा संसदमा माफी मागेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारमाध्यमबाट सार्वजनिक भएको टेलिफोन संवादलाई रास्वपाले गम्भीर रुपमा लिएको जानकारी गराएका छन्।
"रास्वपा भ्रष्टाचार र सुशासनलाई आफ्नो प्रमुख अभियान ठान्दछ। रास्वपा लोकतन्त्र र संविधानवाद र विधिलाई मान्दछ। यसो भनिरहँदा भ्रष्टाचारीको कुनै जाति र वर्ग हुँदैन भन्ने हामीलाई लाग्छ। यसलाई रास्वपाले गम्भीर रुपमा लिएको छ।" उनले भनेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय