Kath khabar
सामान्य अंकले बढ्यो नेप्से


                    काठमाडौं, चैत २७ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार सामान्य अंकले बढेको छ ।

नेप्से आज पाँच दशमलव ५४ अंकले बढेर १९ सय ४४ दशमलव शून्य दुई अंकमा चढेको छ भने सेन्सिटिभ शून्य दशमलव ८८ अंकले बढेर तीन सय ४९ दशमलव ६६ अंकमा चढेको छ । आज दुई सय ६१ वटा कम्पनीहरुको ३५ हजार पाँच सय ४९ पटकको कारोबारमा २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा फाइनान्स समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड ३० आदिले गुमाएका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट लिमिटेड, सानिमा मिडिल तमोर हाईड्रोपावर कम्पनी लिमिटेड, शिवम् सिमेन्ट, युनिलिभर नेपाल लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update