Kath khabar
शहीद स्मारक 'ए' डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

 

                काठमाडौं, चैत २७ ।  शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा सोमवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-१ गोलले हरायो । पुलिसका लागि बुद्धबल तामाङले २ र मोसेसले १ गोल गरे । फ्रेन्ड्सका जेब्रिनले १ गोल फर्काए ।

७ खेलमा पहिलो जित निकालेको पुलिस ४ अङ्कसहित तालिकाको पुछारमै छ ।  ४ अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । चर्च ब्वाइज १३ अङ्कसहित तालिकाको चौथो र एपीएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update