Kath khabar
रास्वपा अनुशासन आयोगको बैठक बस्दै, ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय हुने

 

                 काठमाडौं, चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बसुन्धारामा सोमबार बिहान ११ बजे बस्दैछ ।

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे निर्णय लिन बैठक बस्न लागेको हो । आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको थियो । श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणपत्रमा उनले बाहिर आएको अडियो सम्पादित भएको उल्लेख गरेका छन् । उनले प्रष्ट रुपमा मेरो आवाज हैन भनेका छैनन् । 

रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठमाथि लागेको आरोप पुष्टि भएमा ७२ घण्टाभित्र कारबाही हुने बताइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update