Kath khabar
टीआरसी विधेयकलाई सर्वस्वीकार्य बनाउने शीर्ष तीन दलको सहमति

 

                काठमाडौं, चैत २८ । प्रमुख शीर्ष तीन दलका नेताहरुबीचमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायतका विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा त्यस्तो सहमति भएको हो ।

बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update