Kath khabar
अभिनेता सलमान खानलाई ३० अप्रिलमा ज्यान मार्ने धम्की

 

                     मुम्बई, चैत २८ ।  बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ।

भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनलाई रकी भाइले ३० अप्रिल (वैशाख १७ गते) मार्ने धम्की दिएका हुन्। रकी भाइ जोधपुरमा बस्छन्। 

उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको छ। मुम्बई पुलिसले आफ्नो जाँच सुरू गरिसकेका छन्।सलमानलाई धम्की आएको एएनआईले ट्वीटरमार्फत जानकारी दिएको छ।

'फोन पुलिस कन्ट्रोल रूममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन्। यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ,' एक प्रहरीको बयान उद्धृत गर्दै एएनआईले लेखेको छ। 

लोरेन्स बिश्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि सलमान खानले बुलेटप्रुफ कार किनेका थिए। उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्। उक्त कार भारतमा लन्च भएको छैन। भारतमा यस कारको मूल्य ८० लाखदेखि १ करोडसम्म हुने अनुमान छ।

 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update