काठमाडौं, चैत २८ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से उच्च अंकले बढेको छ । आज नेप्से २७ दशमलव ३१ अंकले बढेर १८ सय ७१ दशमलव ३३ अंकमा पुग्दा सेन्सिटिभ पाँच दशमलव ७९ अंकले बढेर तीन सय ५५ दशमलव ४५ अंकमा पुगेको छ ।
दुई सय ६२ वटा कम्पनीहरुको ३५ हजार दुई सय ३७ पटकको कारोबारमा ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार एक सय ७९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कालिञ्चोक दर्शन लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक आदिको शेयर मूल्य बढेका छन् भने सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।