काठमाडौं, चैत २८ । बोस पावर टुल्स एण्ड एक्सोसरिजले नेपालमा पहिलो पटक ‘डिलर मिट’ को आयोजना गरेको छ । जर्मन ब्रान्ड बोस पावर टुल्स एण्ड एक्सोसरिजले हालै काठमाडौंमा पहिलो पटक ‘डिलर मिट’ आयोजना सम्पन्न गरेको छ ।
बोस पावर टुल्स एण्ड एक्सोसरिज नेपालको एक मात्र आधिकारिक डिस्ट्रिब्युटरः इन्फ्राटेक प्राइभेट लिमिटेडले लैनचौरस्थित मल्ल होटलमा २०७९, चैत २५ गते शनिबार डिलर मिट आयोजना गरेको हो । यो कार्यक्रम डिलर, डिस्ट्रिब्युटर तथा ब्रान्ड बीचको सम्बन्ध सशक्त बनाउँदै बोस पावर टुल्सलाई नेपाली ग्राहकहरू माझ नम्बर एक बनाउने प्रयास अन्तर्गत रहेको छ । नेपालको पूर्वाधार विकास निर्माणका क्रियाकलापमा प्राथमिकता सहित टेवा पुर्याउनु डिलर मिटको उद्देश्य रहेको छ ।
यस डिलर मिटमा देशभरका विभिन्न स्थानबाट ५० भन्दा बढी डिलरहरू सहभागी भएका थिए । कार्यक्रममा इन्फ्राटेकका निर्देशक आकाश गोल्छाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो । साथै, बोसको सार्क मुलुकका व्यवसाय विकास निर्देशक स्वामी नाथान आर. तथा बोस श्रीलङ्काका कन्ट्रि म्यानेजर अशोक कुमार एन. द्वारा बोस पावर टुल्स तथा सेवाहरूका बारेमा जानकारी गराइएको थियो ।
समारोहमा कम्पनीका विभिन्न उत्पादनहरू तथा जानकारीमूलक थुप्रै सामग्रीहरू प्रदर्शन गरिएको थियो । यसबाट डिलरहरूमा कम्पनीका उत्पादनहरूबारे प्रत्यक्ष रूपमा अवलोकन तथा प्रयोग समेत गरी थप बुझ्ने अवसर पनि प्रदान गरिएको थियो । कम्पनीका उत्पादनहरू गुणस्तरीय, चलाउन सहज र उचित मूल्यमा उपलब्ध हुने कुरा अझै स्पष्ट पारिएको थियो । नेपालमा ५० भन्दा बढी आउटलेहरू मार्फत बिक्री वितरण गर्दै आएको बोस पावर टुल्स, निर्माण तथा पावर टुल्स क्षेत्रका लागि उच्च गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ ।
औपचारिक कार्यक्रमको अन्त्य इन्फ्राटेकका निर्देशक सन्दिप कुमार शारडाद्वारा धन्यवाद मतसहित गरिएको थियो भने डिलर र कम्पनीबीच सुमधुर सम्बन्ध स्थापना गर्न पछि ककटेल डिनरमा परिणत भएको थियो ।