Kath khabar
रास्वपाको केन्द्रीय समितिको बैठक दुई बजेका लागि सर्‍यो, बैठकमा अडियो प्रकरणबारे निर्णय हुने
File photo

 

                काठमाडौं, चैत २९ । सांसद ढाकाकुमार श्रेष्ठको अडियोबारे निर्णय लिन ९ बजेका लागि बोलाइएको रास्वपाको केन्द्रीय समितिको बैठक सरेको छ ।

बैठक २ बजेका लागि सारिएको हो । सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीचको अडियो प्रकरणमा निर्णय लिन बैठक बस्न लागेको हो।  

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । त्यसको बारेमा आज निर्णय हुनेछ।  

सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए। स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको प्रष्टिकरण दिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update