स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ललितपुर नख्खीपोटका व्यक्ति पक्राउ
काठमाडौं, चैत २९ । स्लोभाकिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका–३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका– १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ भन्दा बढी तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय