समाज दर्पण
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना
विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ
काठमाडौं, चैत २९ । आज देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार यस्तो सम्भावनाबारे उल्लेख गरेको हो ।
विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
बुधवार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय