रास्वपाले अडियो प्रकरणको निर्णयबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने
काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बुधबार दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो ।
मंगलबार पार्टीको अनुशासन आयोगले छानबिन गरी प्रतिवेदन बुझाइसकेको छ । पार्टी कार्यालय बसुन्धरामा रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दैछ, सोहि बैठकबाट निर्णय गरी पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय