Kath khabar
नेपाल उद्योग वाणिज्य महासंघको मतदान जारी

 

                                काठमाडौं, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि सुरु भएको मतदान जारी रहेको छ । 

कमलादीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी ६ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेपछि रोकिएको मतदान पुनः सुरु भएको थियो।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुदैछ ।

वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।  निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । मंगलबारदेखि सुरु भएको महासंघको निर्वाचन भोलि बिहीबार सम्पन्न हुनेछ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update