Kath khabar
सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, जेठ २८। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज शुुक्रबार आफ्नो १९ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट सम्पन्न गरेको हो ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय बिवरण प्रस्तुत गर्नु भयो । आ.व.२०७६-०७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत एक अर्ब ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म दुुई अर्ब एक करोड भन्दा वढी बीमा शुल्क आर्जन गरी सकेको जानकारी गराईयो ।

उक्त बीमा शुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६ दसमलव सात बढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्बको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा तीन दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update