काठमाडौं, चैत २९ । नेप्से बढेको छ । आज बुधबार एकै दिन नेप्से ९२ दशमलव २२ अंकले बढेर १९ सय ६३ दशमलव ५५ अंकमा चढ्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि १८ दशमलव २५ अंकले बढेर तीन सय ७३ दशमलव ७१ अंकमा चढ्न सफल भएको छ । आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ४७ हजार दुई सय ८५ पटकको कारोबारमा ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर, किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ९७ करोड ६० लाख ७६ हजार सात सय ३२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिद्धार्थ इक्विटी फण्ड, खानीखोला हाइड्रो पावर कम्पनी, आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड आदिको शेयर, मूल्य बढेका छन् भने एभरेष्ट बैंकको ऋणपत्र २०८६, सिटिजन्स म्युचुअल फण्ड १, लक्ष्मी उन्नति कोष आदिको शेयर, मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक आदि परेका छन् ।