Kath khabar
अडियो प्रकरणबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

 

                        काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो प्रकरणबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो ।  बैठकपछि आज नै पत्रकारसम्मेलन गरी पार्टीको निर्णय सुनाउने परियारले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update