अन्तराष्ट्रिय
भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ
दिल्ली , चैत २९ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अहिले देशमा ४० हजार २१५ कोरोना संक्रमित छन् ।
यसअघि मंगलबार ५ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको थियो भने सक्रिय बिरामी पनि ३७ हजार नजिक थिए ।
केही समय यता मुलुकमा फेरि एकपटक कोरोनाका बिरामी तिब्र गतिमा बढिरहेका छन् । यसले खुला सीमा जोडिएको देश नेपालमा पनि जोखिम बढाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय