Kath khabar
ढाकाकुमारलाई सांसद पदबाट हटाउने रास्वपाको निर्णय

 

                      काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी उनको सांसद पद खारेज गर्ने निर्णय गरेको छ ।

श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको रकम डिलको अडियो सार्वजनिक भएपछि उनी समानुपातिक सांसद पदबाट पूर्ण रुपमा निष्कासित भएका छन् ।

पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update