जहाज चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा
काठमाडौं, चैत ३० । नयाँ वर्ष मनाउन जहाज चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । हिमालय एअरलाइन्सको विमान चार्टर्ड गरेर चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ नागरिकहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । चिनियाँ राजदूत चेन सांग पनि उपस्थित हुनुहुन्थ्यो । पर्यटकहरूलाई पञ्चेबाजाले स्वागत गरिएको थियो ।
उनीहरुको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् ।
कोरोना महामारीको कारण लामो समयसम्म चिनियाँ पर्यटक आउन पाएका थिएनन् । अब नेपालमा समूहमै घुम्न पाउनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको मन्त्री किराँतीले बताउनु भयो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय