काठमाडौं बैशाख १ । दुइ वर्ष अघि सम्म बाटोमा हिड्दा मण्डे काजीलाइ कसैले चिन्दैनथे । म कराँते खेलाडी हुँ भन्ने मेरो परिवार अनि नजिकबाट चिन्नेहरुलाई मात्रै थाहा थियो । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपाललै दुइ स्वर्ण दिलाएपछि मेरो परिचय फेरीएको छ । मलाई मानिसले स्वर्ण बिजेता मण्डे भनेर बोलाउँछन् । टेलिभिजन, रेडियो , पत्रपत्रिका विभिन्न मिडियामा अन्तरवार्ता दिन जाँदा मेरो नाम अघि स्वर्ण बिजेता भनेर सम्बोधन गर्छन् ।कहिले काँही सोच्छु कराँँते खेल्दैन थे त म कहाँ हुन्थे । कराँतेमै लागेर स्वर्ण नजितेको भएपनि मानिसले मलाइ चिन्थे? त्यसैले मलाई स्वर्ण जित्नु नै थियो । मेरो परिचय फेर्नु नै थियो । यो भनाई मण्डेकाजी श्रेष्ठले एक टेलिभिजनको अन्तरवार्ता दिँदा समय दिएका हुन् । तर यो पछाडि उनको झण्डै २५ वर्ष लामो संघर्षको यात्रा छ । भनिन्छ हिड्ने मान्छे लड्छ । जो लडेर पनि उठ्छ उसैले जित्छ उही नै जिन्दगीमा सफल हुन्छ । मण्डे पनि त्यही हिरो हुनुहुन्छ जसले हार्दा पनि मैदान छाड्नुभएन ।
मण्डेकाजीको यात्रा
२०५० सालतिरको कुरो हो , मण्डेकाजी त्यतिबेलामात्र ८, ९ वर्षका हुनुहुन्थ्यो होला। साथीहरुसँग गुच्चा खेल्दै गर्दा घर नजिकैको डोजोमा कराँतेका खेलाडीले सिकिरहेको आवाजले जहिले उहालाई त्यतै तान्थ्यो ।
एक दिन बुवाले उहालाई डोजोमा हेरिरहेको बेला सोध्नुभयो । छन्ता कराँते सेके मन दु ला? अर्थार्त के कराँते सिक्न चाहन्छौँ । मण्डेले बुवाले राम्रोसँग प्रश्न सोध्न नपाउँदै हुन्छ भनिहाल्नुभयो । कराँते खेल्ने थालेको २७ वर्ष पुगिसक्यो । राष्टिय प्रतियोििगताको टिम, एकल काता तथा फाइट तिनै विधामा स्वर्ण जित्ने उहाँ नेपालका एक्ला खेलाडी हुनुहुन्छ । र ३५ वर्षको उमेरमा उहाँले दक्षिण एसियाली खेलकुदमा दुइ स्वर्ण जित्नुभयो । यो कुनै पनि खेलाडीका लागि दुर्लभ नै हो । सामान्य तया ३० कटेपछि खेलाडीहरुले लय गुमाउँदै जान्छन् । अपवाद बाहेकले सक्रिय खेल जिवनबाट नै सन्यास लिइसकेका हुन्छन् । तर मण्डेले किन ढिला सफलता हात पार्नुभयो त?
जिवनको कठिन समय
श्रीलंकाको कोलोम्बोमा हुने दक्षिण एसियाली खेलकुदका लागि तयारी चलिरहेको थियो । कराँतेको छनौट अन्तगर्त भएको खेलमा मण्डे सेमीफाइनलबाटै बाहिरिनुभयो । निर्णायकहरुसँग भनाभन समेत पर्यो । र उहाँलाई अनुशासनको कार्बाही स्वरुप केही दिन प्रतिबन्ध समेत लगाइयो । त्यति बेला उहाँकासाथीले पनि साथ छाडे । उहाँकै भाषामा भन्नुपर्दा खुट्टा तान्नेहरु धेरै आए । एक समय त उहाँलाई यस्तो लाग्यो कि कराँते छोडिदिउ । केही समयको पछि प्रतिबन्ध फुकुवा भयो । र उहाँ मैदानमा फर्किनुभयो ।
त्यसपछि उहाँलाई थाहा भयो कि अनुसासन कति जरुरी हुन्छ भनेर । त्यति बेला उहाँलाई साथ दिए त हालका राष्ट्रिय प्रशिक्षक दिपक श्रेष्ठ । उहाँकै प्रेरणाले मण्डेले हार खानुभएन । अगाडि बढिरहनुभयो । उहाँ त्यो क्षण सम्झिदै भन्न्नुहुन्र्छ दिपक गुरु नभएको भए मैले हार मानिसकेको थिर्ए उनी नभएको भए कराँते मैले छोडिसक्थे ।
त्यही घटनाले उहालाई रिस माथिको संयमता र नियन्त्रण आवश्यक रहेको शिक्षा दिलायो । त्यसपछिको प्रतियोगिता बंगलादेशमा हुने तय भयो । खेलाडीले तयारी पनि थाले । तयारीका लागि मण्डेकाजी पनि छनौट हुनुभयो । र उहाँ सहित १५ खेलाडी बन्द प्रशिक्षणका लागि बैंकक पठाइयो । तर बंगलादेशका लागि १० खेलाडीको मात्र कोटा रह्ेछ । राष्ट्रिय खेलकुद परिषदले पाँच खेलाडीलाई फिर्ता बोलायो । फिर्ता हुने मध्य एक मण्डेकाजी हुनुहुन्थयो ।
नेपाल आएपछि उहाँ धेरै रुनुभयो । एक समय उनलाई धैर्यताको बाँध टुटेको जस्तो महसुस भएको थियो । तर उहाँले देखेको सपना भने निरन्तर पछ्याइरहनु भयो ।
१२ औँ दक्षिण एसियाली खेलकुद भारतमा भयो । जसका लागि उहाँले धेरै मेहेनत गरेकाले छनोटमा पर्नुभयो । तर दुर्भाग्य त्यो सागमा कराँतेलाइृ नै समावेश गरिएन । उहाँले बेइज्जत महसुस गर्नभुयो ।
एकातिर उहाँको ढल्कँदो उमेर अर्को तिर एक पछि अर्को गर्दै थपिएको पिडा । तर उहाले सपना देख्न छाड्नुभएन । स्वर्णको सपना । र उहाँको सपनाले सार्थकता पायो । घरेलु मैदानमा भएको १३ आँै सागमा उहाले स्वर्ण जित्नुभयो । त्यो पनि दुइ वटा । नेपालले उहाँको स्वर्णबाट बिजयी यात्रा थाल्यो । एकैदिन उहाले टिम र एकल कातामा स्वर्ण जित्नुभयो । अन्तत खेल जिवनको उत्तरार्धमा आएर उनको सपना पुरा भयो । प्रतिस्पर्धीलाई हराएर राष्ट्रिय झण्डा फहराउँनुमा सबैभन्दा बढि खुशी मिल्ने उहाँको अनुभव छ ।
स्वर्ण जितेपछि फेरिएको जिवन
अहिले मण्डेकाजीलाई सबैले चिन्छन् । पहिले सानो ठिमीका भित्री गल्लीका मान्छेले कराँते खेल्छ रे भनेर मात्र चिनिने उनी अहिले स्वर्ण बिजेता मण्डेकाजीका रुपमा चिनिनुहन्छ । नव प्रवेशी खेलाडीहरुका लागि मण्डे आदर्शका पात्र मानिनुहन्छ । र पुरै देशका लागि एउटा प्रेरणा । उहाँको जिवनशैली स्वर्ण पछि फेरिएको छ । अहिले सम्मानका लागि देश विदेशबाट बोलाउँछन् ।
उहाँ यसपाली वर्ष उत्कृष्ट खेलाडी पनि चुनिनुभयो । उहाँलाई विश्राम लिनु आउँदैन । जतिसम्म सक्छु देशलाइ योगदान दिइरहन्छु यहि उहाँको अठोट छ ।