Kath khabar
नेप्सेमा आज पुनः पहिरो, सबै सूचक रातै


               काठमाडौं, चैत ३० । नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहीबार २९ दशमलव आठ अंकले घटेर १९ सय ३४ दशमलव ४७ अंकमा झरेको छ ।

सेन्सिटिभ पनि पाँच दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव ९८ अंकमा झरेको छ । आज दुई सय ७० वटा कम्पनीहरुको ४४ हजार सात सय आठ पटकको कारोबारमा ४९ लाख १३ हजार सात सय दुई कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार छ सय ६५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक उच्च अंकले घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना २  कर्पोरेट डेभलपमेन्ट बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update