२४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि
१२ जना कोरोना संक्रमित आईसीयूमा
काठमाडौं, चैत ३० । पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै ७४ जना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ३५ रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये २४ जना आइसोलेसन, १३ जना आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय