
काठमाडौँ, वैशाख १ । काठमाडौं महानगरपालिकाले आजदेखि अनलाइन नक्सापास प्रणाली सुरूवात गरेको छ।
महानगर प्रमुख बालेन शाहले आज एक भिडियो सार्वजनिक गर्दै आजदेखि महानगरपालिकाले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूवात गरेको जानकारी दिएका हुन्।
यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यसैगरी, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिने महानगरले जनाएको छ ।
यसले पहिले २ देखी ३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरले जनाएको छ ।