Kath khabar
वर्षामान पुनको निवासमा गोलि चल्यो, आमा घाइते

 

                  काठमाडौं, वैशाख २ । काठमाडौंको गैरीधारास्थित नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको घरमा गोली चलेको छ । गएराति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई भीआईपी सुरक्षामा खटिएका सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ । गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

नातामा तिर्थमाली आरोपीको हजुरआमा बताइएको छ । आरोपीलाई नक्सालमा राखेर सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update