Kath khabar
सिन्दुरले रङ्गियो मध्यपुर थिमि

 

                  भक्तपुर, वैशाख २ । बिस्का: जात्राअवसरमा मध्यपुरथिमिका वासिन्दाले शनिबार विहानैदेखि टोलटोलमा जात्रा गरि सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् ।

मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर पूजाआजा गरि सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर भव्य रुपमा मनाउने परम्परा छ ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ । यसैगरी बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update