Kath khabar
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं

 

                   काठमाडौं, वैशाख ३ । काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा परेको छ ।

यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) को तथ्यांकअनुसार काठमाडौंको हावाको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको हो। काठमाण्डौको एक्यूआई अहिले १९२ रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई २०० भन्दा माथि छ ।

यस्तै, कीर्तिपुर,  रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ । यी क्षेत्रमा पनि हावाको गुणस्तर मापन सूचक एक्यूआई झण्डै २०० पुगेको छ । डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update