Kath khabar
भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या

                  भारत, वैशाख ३ । भारतको उत्तर प्रदेशका पूर्व सांसद एवं बाहुबली नेता अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ । 

उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए । हिरासतकै बीच भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।

हत्या भएका पूर्व सांसद अतिक र उनको दाजुमाथि १० भन्दा बढी गोली चलाइएको बताइएको छ । कोल्भिन अस्पताल नजिकै तीन आक्रमणकारीले आक्रमण गरेका थिए । प्रहरीले आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । यो सम्पूर्ण हमला मिडिया र प्रहरीको अगाडि भएको हो ।

स्रोतका अनुसार पल्सर बाइकमा आएका तीन आक्रमणकारी सञ्चारकर्मीको भूमिकामा आएका थिए  । घटनास्थलबाट तीन थान बन्दुक समेत बरामद भएको छ । सोधपुछका क्रममा तीनै अभियुक्तले एउटै ठेगाना दिएकाले प्रहरीले उनीहरुको बयान पुष्टि गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update